नेताज्युहरुलाइ सुझाव :राष्ट्रिय निकासबारे सोच्नुस – सुर्य बज्रयाना

0
108

नेपाली राजनीति फेरि नयाँ मोडमा पुगेको छ ।यतिबेला राष्ट्रिय सहमतिको आबस्यकता झन बढेर गएको छ ।निजी स्वार्थहरुलाइ एक ठाउँमा थन्काएर राष्ट्रिय सहमति खोज्नु अहिले आबस्यता हो । देश , जनता र राष्ट्रियताको हितको निम्ति सोच्नु बुद्दिमता हो अर्थात राष्ट्रिय निकासको बाटो हो ।
राष्ट्रिय निकासको बाटो खास बनेको छ ।
राजनीति बिग्रदा त्यसको असर सबैतिर पर्छ ।पहिला त्यो अर्थतन्त्रमा पर्छ ।अर्थतन्त्र शिथिल हुन्छ । उत्पादन सम्बन्धमा समस्याहरु थुप्रदै जान्छन् ।समाजमा त्यसको असर गहिरो बन्छ ।हामी अस्थिर हुन्छौं ।
नेता देशको कर्ता हो ।देशको अभिभावक हो ।नेताले सानो गल्ती गर्दा पनि त्यसको असर राष्ट्रिय जीवनमा पर्छ ।सामाजिक मर्यादामा पर्छ ।समग्र राजनीति अस्थिरताले समाजको घाँटी थिच्छ ।
हामी एकाइसौ शब्दादीका जनता हौ ।हाम्रा आफ्नै रहर , आकाङ्क्षा र लक्ष्यहरु छ्न । हामीले ताकेको गन्तव्य महान छ ।त्यो गन्तव्य पुग्नको निम्ति राजनीति , अर्थतन्त्र र समाज ब्यबस्थामा फेरबदल हुनुपर्छ ।अर्थात ती कुराहरू अग्रगामी ढंगले अगाडि बढनुपर्छ । यसलाई छलाङ मार्ने सन्दर्भमा पनि बुझ्न जरुरी हुन्छ ।
हाम्रो छिमेकी देश भारतमा हाम्रै जस्तो शासन पद्धति छ ।त्यहा पनि राजनीतिक समस्या त छ नै ।तर पनि त्यो देश एकदमै छोटो बिकासतिर लम्किरहेको छ ।पिछडिएको भनिएको बिहार र उत्तर प्रदेश समेत बिकासमा नेपाल भन्दा अगाडि पुगिसके ।हाम्रो बिकासको गति सुस्त छ ।कछुवा हिडे जस्तो बिकास होइन , खरायो दौडे जस्तो बिकास आजको सबैभन्दा बिशिस्ट आबस्यता बनेको छ ।
पन्चायतकालैमा बनेका पुलपुलेसा सडक जलविद्युत आदिमा गौरव गरिरहेका छौं खुशी भैरहेका छौं । पन्चायतको तीन बर्षमा जे जे बिकास भए ।बहुदल आएपछि त्यति बिकास हुन सकेन ।यसैले एकपटक हामी राष्ट्रिय निकास दिनेबारे सोच्नुपर्छ र मुलकको हितको निम्ति अगाडि बढनुपर्छ ।

LEAVE A REPLY