आफ्नो देशको माटो सँग पनि प्यार हुँने गर्छ : सुरेशकुमार पान्डे

0
98

गजल!
आफ्नो देशको माटो सँग पनि प्यार हुँने गर्छ,
देशसँग सदै आमा छोराझैँ ब्यबहार हुँने गर्छ।

कैले पौडिन्छ खोलामा मन कैली दौड्छ बन,
प्रतेक कवीता भित्र देशभक्ती बिचार हुँनेगर्छ।

सालघारी कराउँदा मसिनो बतासले रमाउँदा,
निस्केको ध्वनी नै कवीताको आधार हुँनेगर्छ।

हेर्दा त्यो लालि गुँरास अग्ला सल्हाहरुले गर्दा,
प्रतेक रचना साँच्चै त्यसमानै निखार हुँने गर्छ।

बिरानो देशमा पसिना झार्दा पनि उर्जा थप्यो,
हिमालनै समस्या सँग लड्ने औजार हुँने गर्छ।

बाध्यताले परदेश मा आएता पनि सेते जस्ता,
देश संझिदा आँखाभरी साउँन असार हुँने गर्छ।
सुरेशकुमार पान्डे।१७-०३-२०२१,

LEAVE A REPLY