आमूल परिवर्तन कसरी होला? : सुरेशकुमार पान्डे

0
53

आमूल परिवर्तन गर्नै पर्नेछ तर आमूल परिर्तन कसरी सम्भब होला?अहिलेको एउटा यो प्रश्न पनि ठडिएकोछ।
आखिर देशमा गरिखाने बर्गको उत्थानका लागि,देशका लागि क्रान्तिको खाँचोछ।क्रान्तिकारी आन्दोलनको सफलता बिन देशभित्र आमूल परिवर्तन पनि असम्भबछ उत्तिकै जनताको भबिश्यमा श्रमजीवी बर्गको सुधारको लागि पनि त्यो आन्दोलनको अपरिहार्य छ।त्यो कृषि क्रान्तिको सफलता बिना हाम्रो देशमा श्रमजीवी बर्गहरुको भलो छैन भने पनि हुन्छ।
हाम्रा पुर्वजहरु पनि शंघर्षिल त थिए तर भौतिकवादी क्रान्तिकारी भने थिएनन।अनि हाम्रा छोराहरु पनि क्रान्तिकारी छैनन् भने क्रान्तिको कसरि कल्पना गर्ने?वास्तबिक भन्ने हो भने हाम्रा पुर्वजहरुले गरेको शंघर्षलाई क्रान्तिकारी थिएन भन्नेहो भने परिस्थिति सँग अलि मेल नखाला।किनभने हिँजो उनिहरुले राणा को त्यो जहानिया साशन प्रणालि सँग जुझ्नै परेको थियो।त्यो बेलाको रणनीति राणा बिरुद्धको आन्दोलन थियो अनि उनिहरुले त्यो राणा साशन लाई जसरी पनि मिल्काए।तर राजाको चलाखिले राणालाई हटाई सकेपछि उसैको पदचिन्हमा राजाहरु हिँडे।त्यो राजतन्त्रलाई फाल्न हामिहरुको जुन शंघर्ष सुरुभयो र जुन राणा साशनकै पालामा भुर्ण रहेको कम्मुनिष्ट पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्ने अबस्थामा थिएन।यसो भनौ भौतिकवादी क्रान्तिले क्रान्तिको नेतृत्व गर्ने अबस्थामा थिएन।त्यसको फाईदा त्यो बेला राजहरुले उठाए,त्यो राजतन्त्रलाई उनिहरुले बत्तिस बर्ष सम्म लतारे।जो न देशको हितमा थियो न जनताको उहि तानाशाहि ब्यबस्था लाई फाल्न फेरी लामू शंघर्ष गर्नु पय्रो।
यद्मापि त्यो बेला अन्तरराष्ट्रीय अबस्था अहिलेको भन्दा राम्रो थियो तर हाम्रो देशको क्रान्तिकारी भौतिकवादी आत्मगत अबस्था भने कम्जोर थियो।देशमा जस्ले राजाको तानासाहि ब्यबस्था बाट आहाल थियो त्यो त्यहि मध्यको जनताको मत पनि राजतन्त्रको बारेमा बिभाजित भयो।हामिले आफ्ना छोरा-छोरीहरुलाई निर्देशन गर्ने भनेको केवल नाबालिग हुँदा सम्म सकौलाँ वा करिब पन्द्र बर्ष पछि उनिहरुलाई समाजको प्रभाव पर्दछ।जुन बच्चालाई हामिले गर्व देखि सँगै बोकेर हिँडेका हुँन्छौ त्यहि बच्चा समेत चौध पन्द्र बर्षको भयपछि उस्लाई सामाजिक प्रभावका कारण उ हाम्रो निर्देशन लाई फिल्टर गर्न थालेको हुँन्छ।यदि सामाजिक बाताबर्ण देशभक्तिछ क्रान्तिकारी भौतिक वादीछ भने त्यो भौतिकवादी बन्छ यदि रुढीवादी प्रकारको छ भने त्यो उस्तै खालको भन्ने बढि सम्भाबना हुँन्छ।किन की त्यो बाटो हिँड्दा उस्लाई सजिलो हुन्छ,समाज सँग बिद्रोहको जोखिम मोल्नु पर्दैन।आर्को तर्फ क्रान्तिकारी भौतिकवादी बाटो पाईलैई पछि शंघर्ष शिल हुँन्छ।भोतिकवादमा माष्टर होईन आजिवन बिध्यार्थि बन्नु पर्ने होन्छ भने आध्यात्मिकवादले उस्लाई गुरु बनाई दिन्छ।उधारणको लागि भौतिकवादले प्रतेक बिषयको सतह सम्म पुग्ने भन्छ।जस्तै एउटा कोठा भित्र कुनै ब्याक्तिले हिटर वा कोहिलाको अङ्गिठी बालेर दैलो बन्द गरेर सुत्नु हुँदैन भनेपछि त्यसको ब्याक्खा गर्छ।किन सुत्नु हुँदैन? किनकी त्यो कोठामा मनो अक्साईड ग्यासले गर्दा मानिश मर्न सक्छन।तर आध्यात्मक वादले पिठो बलियो नभयर मरेका हुँन भनेपछि सिध्यो।त्यो सजिलो बाटो हो भने पहिलो जटिल बाटो हो।जटिल बाटोलाई उसैले मात्र छोप्न सक्छ जो बर्तमान रुढीवादी ब्यबस्था सँग घृणा गर्छ र बदल्ने आँट राख्छ।आर्कोले सक्दैन जस्ले आफ्नो निजि स्वार्थको लागि शंघर्ष गरेको हुँन्छ।आज को अबस्था यहि हो।हाम्रा पुर्वजहरु भौतिकवादी थिएनन् तर लडाकु थिए।हामिले दुख्ख पायौँ र यो ब्यबस्थालाई बदल्न कम्मर कसेकाछौँ हामि भौतिकवादी क्रान्तिकारी बन्यौँ।तर हाम्रो जर्नेशनलाई हामिले बर्तमान बुजुर्वा शिक्षा दिलाएर उनिहरुलाई अवसरबादी धरातलमा उभ्भिन लगायौँ।परिणाम हामिले अप्नायको बाटोमा उनिहरुको चासो भैन।उनिहरुलाई थाहाछ देश भित्र भ्रष्टचारछ,
अन्धबिस्वाशछ,छुवाछुत पनिछ बिभिन्न असमानताहरु पनि छन।तर त्यो फ्याँक्नुको साटो उसैलाई अप्नाएका हुँन्छन।देशमा पुँजिवादी ब्यबस्था पनि बलियो छैन तर उनिहरु पुँजिवाद तिर अनमुख छन।जुन दल-दल बाट हामिले शंघर्ष गरेर आफुलाई निकाल्यौ उनिहरु बिस्तारै त्यहि दलदलमा जाँदैछन।अनि देशमा आमूल परिवर्तन कसरि सम्भबछ?के यो देशमा कुनै क्रान्तिकारी औतारले जनम लिन्छन वा हामिहरुनै क्रान्तिकारी बन्न सक्छौँ?बर्तमान ब्यबस्थाले कुटेर थिँचेर हामि ईस्पात बनेपछि बल्ल क्रान्तिको औजार बन्नेछौँ।
सुधार गरेर,सुख भोगि भएर हामि कहिलैई पनि क्रान्ति का खम्बा बन्न सक्नेछैनौँ।जो युवाहरुमा ब्यापक रुपमा देखा पर्दछ।आजको समाजमा जसरी कमाएपनि पैसा कमाउँनु पर्छ भन्ने बिचारधारको बिकाश भयकोछ।हिँजोका दिनहरुमा हामिले समाज संगठको कामलाई निजि स्वार्थ भन्दा माथि राख्ने प्रयास गर्थ्यौँ तर आज त्यो ठिक उल्टो भयको हामिले देख्छौँ।
हामिले रुसको ख्रुचेवलाई पनि देख्यौ,उस्ले पुँजिवाद लाई पुर्न जिबित गरायो।माओको निधनपछि को चीनको अबस्थाबारेपनि अध्यायन गर्दै आएकाछौँ।हाम्रो छिमेकि मुलुक भारतमा चारु मजुम्दार देखि लिएर ज्वोतिबाशु को अबस्था पनि अनुभव गरेकाछौँ।उस्तै अहिलेको अबस्थामा क्रान्ति गर्ने भनेर बन्दुक उठाएका,झापाली र दश बर्ष जनयुद्ध भनेर बनबाश गयका तत्कालिन माँओवादी लाई देख्यौँ।पेरुभियाली देशको त्यो मुक्ति यौद्ध सफल हुँदा नहुँदै पतन भयको पनि देख्यौँ।यसरी क्रान्तिको खाँचो हुँदा हुँदैपनि क्रान्तिको थाल्ने अबस्था छैन भन्न हामि बाध्य भयकाछौँ किनकी यहि सत्यहो।क्रान्तिको भबिश्यपनि उज्वलछ भनेर हामिले भन्छौँ तर त्यो निश्चित रुपमा आउँनेवाला जर्नेशनले त्यो दिन ल्याउँने उनिहरुको मज्बुरी हुँनेछ ढिलो चाँडो जस्तो हामिलाई लाग्छ।तर पनि अहिले विस्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्थामा छ।जस्को प्रभाब हाम्रो देशमा पनि परेकोछ।तर हाम्रो देशका जनताहरु भने कम्युनिष्टमा आस्थावानछन भन्ने जगजाहेरछ।तर कम्युनिष्ट पार्टीका यि नामधारी हरुले दिनौदिन कम्युनिस्टको आबरण भित्रबाट कम्युनिष्को जरा काट्दै आएकाछन।देशमा कम्युनिस्टको नेतृत्वकारी पार्टी कम्जोर मात्र होईन न कम्युनिष्ट भौतिकवादी समुहहो त्यो अहिलेपनि धेरैपछि परेकोछ।त्यसैले गर्दा अवसरबादीहरुले कम्युनिष्टको लगाम छोपेकन कम्युनिष्ट भौतिकवादी समुहहो त्यो अहिलेपनि धेरैपछि परेकोछ।त्यसैले गर्दा अवसरबादीहरुले कम्युनिष्टको लगाम छोपेकाछन भन्न सकिन्छ।अहिलेको देशको यथार्थ अबस्था पनि मलाईाछन भन्न सकिन्छ।अहिलेको देशको यथार्थ अबस्था पनि यहिहो भन्ने मलाई लागेकोछ।१७-०३-२०२१,

LEAVE A REPLY