खेलाडी हुँदै भिलेनसम्म किशोर

0
207

सङखुवासभा जिल्ला सभापोखरी गापा ३ बाह्रबिसे ( साबिक बाह्रबिसे गाबिस ६ पावा ) मा जन्मिएका किशोर घले लामो समय स्वास्थ क्षेत्रमा सक्रिय रहे । उनी पुर्बान्चलमा नाम चलेका बक्सिङ खेलाडी हुन ।यसको अलवा उनी समाजसेवी पनि हुन ।विद्यार्थी जीवनमा पनि उनी भलिबल खेलाडी थिए ।
अहिले किशोरको परिचय फेरिएको छ । सङखुवासभामा छायांकन भइरहेको चलचित्र बदला रिटनर्समा किशोर प्रमुख भुमिकामा रहेका छ्न ।उनी यस चलचित्रमा मुख्य खलनायक रूपमा अभिनय गरिरहेका छन ।निर्माण टिममा उनी भिलेन नामले समेत परिचित भैसकेका छ्न । छायांकन स्थलमा उनको अभिनय रुचाइएको छ ।
यस चलचित्रमा उनको अभिनय उत्साहजनक रहेको निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले बताए ।उनी भन्छन् किशोरजी हसिलो रसिलो फ़ुर्तिलो ब्यक्ति हुन ।पहिलोपटक गरेको काम भएपनि मलाई चित्त बुझ्यो ।
आगामी दिनमा पनि चलचित्र क्षेत्रमा नै अगाडि बढ्ने योजनामा छ्न किशोर । अहिलेको अभिनयलाइ सुधार गर्दै आगामी दिनमा अभिनय दमदार गर्छु ।किशोरले भने राम्रो काम गर्नु मेरो उदेश्य हो ।राम्रो काम गरेर नाममा फैलाउन चाहन्छु। चलचित्रमा चाहिने काम गर्छु ।

LEAVE A REPLY