शिव छली प्रेमी थिए – सुर्य बज्रयाना

0
46

शिवबारे अनेकौं मत पूर्वीय दर्शनमा देखिन्छ ।एउटा हो उनी आदिम आर्य देव हो कि होइन भन्नेबारे ।यस सम्बन्धमा इतिहासकार यादव देवकोटाको जिकिर छ –
`शिव आरम्भिक आर्य देव होइनन् । ऋग्वेदभरि कहीँ पनि शिवको उल्लेख छैन (ऋग्वेदले एघार भिन्न रुद्रबारे उल्लेख गरेको छ। शिवलाई रुद्र पनि भन्ने भएकोले त्यसैलाई शिववारे ऋग्वेदमा उल्लेख भएको भनेर लट्पट्याउने कोशिस हिन्दूवादीहरुले गर्ने गरेका छन् । तर, ती रुद्र शिवसँग मिल्दैनन् । कतिपय शिवसँग मिल्दोजुल्दो रुद्र वर्णन पछिबाट प्रक्षिप्त गरिएको देखिन्छ) । बरु ऋग्वेदले सिन्धु सभ्यताका द्रविडहरुले गर्ने गरेको शिष्न(लिंग/योनी) पुजनलाई असभ्य भनेर आलोचना गरेको छ । प्रजापति दक्षले शिवलाई असभ्य भनेर छोरी दिन समेत अस्वीकार गरेको कथा प्रचलनमा छँदैछ ।´

हामी शिवलाइ घायल प्रेमिको रूपमा समेत ब्याख्या गर्न सक्छौ । दक्ष प्रजापतिकि छोरी सतिदेवि पाउन उनले गरेको प्रेम छल सामान्य छैन ।अझ शिवले मरेकी सतिदेवीसम्म बोकेर संसार डुलेको कथाले उनको पागलपन झन स्पष्ट बनाउछ ।सतिदेबीले अग्नि कुण्डमा हामफालेर आत्महत्या गरेपछि उनी असाध्यै बेचैनी हुन्छन् ।सतिदेवीप्रती उनको अदभूत निष्ठा देखिन्छ । प्रेम देखिन्छ ।
पार्बतीप्रती शिवले दर्शाएको प्रेमसमेत चानचुने छैन ।पार्बती स्वयं सत्यदेबीकि नयाँ रूप हुन । उनी पार्बतीलाई छलेर मृगको रूपमा समेत प्रेम गर्छ्न ।शिव शर्मा बाहुन बन्छन् सात बर्षकि गोमालाइ श्राप दिएर बिवाहा गर्छ्न ।उनको प्रेममा तुप्ती थिएन तृष्णा धेरै थियोे ।यसैले शिवलाई घायल प्रेमी भन्न सकिन्छ । छली प्रेमी पनि भन्न सकिन्छ ।जोसँग प्रेम गरेपनी उनको प्रेम खासै सफल छैनन ।पार्बतीबाट त झन बच्चा नै भएन । अरु प्रेम पनि असफल रहेको हिन्दु शास्त्र पढ्दा ज्ञात हुन्छ ।

LEAVE A REPLY