के साँच्चै पुरुष प्रधान समाजमा महिला अशुरक्षित छन? : सुरेशकुमार पान्डे

0
84

आजको समाज पुँजिवादी र पुरुश प्रधान समाज हो।संसारभरीनै कतै वैज्ञानिक समाजवादी ब्यबस्था छैन।तरपनि संसारका कयौँ देशहरुमा महिलाहरु पुरुष बराबर प्रदिशप्रधामा अगाडि बढ्दैछन।साररिक रुपले महिलाहरु कतिपय अबस्थामा कम्जोर भयपनि मानसिकरुपले कम्जोर छैनन्।उनिहरु वैज्ञानिक,डाक्टर,ईन्जिनियर,मन्त्रि प्रधान मन्त्री र हाम्रै देशमा पनि महिला राष्ट् पति हुँनुहुन्छ।
आजको समाजमा मिहिला पुरुष सरह कयौँ ठाउँहरुमा आ-आफ्ना प्रतिभा प्रदर्शन गरेकाछन।महिलाहरु लाई मौका प्रदान गर्ने हो भने उनिहरु पुरुष भन्दा कमसल छैनन।तर साररीक रुपमा कतिपय अबस्थामा महिलाहरु कम्जोर हुँनेकुरा भने अस्विकार गर्न सकिदैन।
हाम्रो देशमा महिलाहरु लाई पहिले सति जानु पर्थ्यो त्यो सति प्रथाको पनि अनत्य भयो।तर सतिप्रथाको अनत्य भयपनि महिलाहरुमा साररिक मानसिक रुपमा उत्पिडन गर्ने सामाजिक नियति कु सँस्कार कथित परमपरा बरकरार छ।जस्ले गर्दा उनिहरुलाई पुरुषको आश्रृतमा बस्न बाध्य गरायो।
हाम्रा आमा उनै छन,छोरी उनैछन,बुहारी र जिवन साथि उनैछन।एउटी छोरीले बिहे नहुँदा सम्म ईमान्दारी र फबादारी सँग आफु जन्मिएको घरमा सक्या सम्म काम गर्छन,तर बिहे हुँदा बित्तिकै माईतीको घर बिरानो जस्तै भैदिन्छ।उन्ले जस्तै जन्मिन उस्तै आर्काको घरमा पुर्नजनम हुँनु पर्छ।नयाँ सिराबाट नयाँ परिवार सँग नाता गाँस्नु पर्छ।त्यँहाको बाताबर्णमा हुर्किनु पर्छ अनि उनि आमा बन्छिन अब उनि छोरा छोरीको सुसारे भईन,जब छोरा छोरी ठुला हुन्छन उनि बृद्धा भईन अहिले सम्म उन्को सम्पतिमा अधिकार छैन।समाजमा कयौँ अघोषित प्रतिबन्धहरु छन।कुनैमा पनि थोरै चुकिन भने उनि जतिबेला पनि बेघर हुँन सक्छिन।त्यो बेला न उनि घरकी न घाट की ज्युँदो लाश बनेर यहि समाजमा उपहाशको श्रोत बन्छिन।यस्तो अबस्थामा यो समाजले उनिमाथि गरेको अमानबिय ब्यबहारनै बताउँछ।
हाम्रो समाजमा आजपनि बोक्सि प्रथा कायमछ,छाउपिडी प्रथा कायमछ।यस्ता कयौँ उधारणहरु हाम्रो समाजमा महिलाको लागि अभिश्राप बनेकाछन।तर स्वयम महिलाहरुपनि यो सामाजिक ब्यबहारमा सरिक भयकै हुँन्छन त्यसकारण उनिहरुपनि उत्तिकै दोशिछन भन्न सकिन्छ।तर उनिहरु यसो गर्नै पर्ने बाध्यता पुरुष प्रधान समाज र महिलाको सम्पत्तिमा अधिकार नहुँनाले पनि काफि हदसम्म उनिहरुलाई कुन्ठित गरेकोछ।
आज हाम्रो देशमा महिला किसोरीहरु माथि साररिक सोशण गरेपछि पनि उन्को हत्या गर्ने जस्तो जघन्या अप्राध गरिन्छ।अनि अप्राधी बिना सबुतको मुक्त हुँन्छ।कयौँ बलत्कारका केसहरु त्यत्तिकै तुहिन्छन,डरले पनि उनिहरु आफुमाथि भयको बल्तकार सहेर बसेका हुँन्छन।कतिपयले हिम्मत गरेर शंघर्ष गर्छन तर बलत्कारी कुनैन कुनै कारण बच्न सफल हुन्छ।
केहि बर्ष यता बलत्कार पछि उस्को हत्या गरेर अप्राधी फरार हुँने चलन चल्ति बनेकोछ।
हिँजो आज मिडियामा यस्ता कयौँ घटनाहरु आउँने गर्छन।
अहिले भागि रथिको वास्तबिक अप्राधीको टुङ्गो लागि नसक्दै आर्को एउटी दश बर्षकी बच्ची कक्षा २मा पढ्ने लाई एक जना शिक्षकले बलत्कार गरेको भनेर प्रहरीले एकजना४७बर्षको त्यही स्कुलमा पढाउँने शिक्षकलाई समातेकोछ।शिक्षकले नै यस्तो गर्न थालेपछि कसरी स्कुलमा बालिकाहरु लाई पठाउँने?यो गम्भिर प्रश्न भयो।
करिब अढाई बर्ष पहिले ०७५साउन१०गते कञ्चनपुर की १३बर्षिय निर्मला पन्तको भिमदत्त नगर को त्यो घटना अहिले पनि सुल्झिएकै छैन।उनि आफ्नै साथिका घर ‘नोट’लिन गएकी र त्यँहा बाट फर्किएकी किसोरीको ११गते उँखुको बारीमा करिब डेड किलो मिटर टाडा डैथ बोडी फेला परेको थियो।उन्को मैडिकल रिपोर्टमा बलत्कार पछि हत्या गरेको पुष्टी भयपनि अप्राधी को सुराग हात लागेकोछन।पुलिसले एकजना ३९बर्षिय दिलिप बिस्टलाई सार्वजनिक गरेपनि उस्को डिएन ए निर्मलाको स्वसमा नमिलेको ले उस्लाई बरि गरियो।पोलिसले अहिले सम्म करिब८०जनाको डि एन ए परिक्षाण गरिसकेकोछ तर अप्राधी को कतै सुराग हात लागेकोछैन।
अहिले भागिरथिको आमाले (जस्लाई पुलिसले सार्वजनिक गरेकोछ)त्यो भागिरथिको साईनोमा भाई लाग्ने ले त्यो नगरेको भन्दैछिन।यदि त्यो सलङ्गन रहेकैछ भनेपनि उ एक्लैछैन भन्ने कुराहरु आई रहेकाछन।यसरी अनाप सनापमा प्रहरीले छोपेर अप्राधी बनाएका ब्यब्किहरु अप्राधी नभयको र असलि अप्राधी प्रहरीको हात नलागेको हुँनसक्ने सम्भाबना पनिउत्तिकैछ।

LEAVE A REPLY