युनिशाको कला जगतमा संघर्ष

0
388

नेपाली कला जगतमा युनिशा रेग्मी नयाँ कलाकार हुन । काभ्रेमा जन्मेकी युुुुुनिसा नेपाली कला क्षेत्रमा स्थापित हुने रहर बोकेर सङघर्सरत छिन ।                                दर्शकको मन जित्न सफल युनिसा अतीतको सम्झना आधुनिक गीत , हिड गुम्न जाम लोकगित मेलम्चीको पानी लोक दोहोरी , काठ खायो किरैले  जस्ता       अलवा केहि सर्ट मुभी र म्युजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । जहाँ अभिनय गरेपनी उनी आफ्नु काममा ध्यान दिन्छिन , इमानदारीता प्रदर्शन गर्छिन ।सामाजिक रूपमा समेत उनी सालिन र ब्यबहारिक छिन । घमण्ड नगर्ने र सबैलाई सम्मान गर्ने उनको बानी छ ।
भन्छिन – नेपाली फिल्म उद्योगमा एउटा स्थापित कलाकार हुने मेरो रहर हो। राम्रो काम गरेर दर्शकको मनमा बसेर सबैको प्यारी कलाकार हुनुपर्छ भनेर सङघर्सरत छु । मलाई यो क्षेत्रमा ल्याउने सबैजनाप्रती हार्दिक नमस्ते गर्छु ,सम्मान गर्छु । सिक्दैछु प्रबुद्ध दर्शकहरूबाट अमुल्य सुझावको अपेक्षा गर्छु । तपाईंहरुको सुझाव नै मेरो लागी मार्गदर्शक हुनेछ । मलाई राम्रो हुनको लागि तपाईंहरु साथ र सहयोग चाहिनेछ ।  युनिशाले आधा  दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन ।

युनिशा भन्छिन -कलाकार भनेका देशका गहना हुन ।कलाकार भएपछि घमण्ड फिटिक्कै हुनु हुँदैन । राम्रो क्षमता र उत्कृष्ट प्रस्तुती हुनुपर्छ ।कामप्रती इमानदारीता मुख्य कुरा हो ।कामलाई सधैं ध्यान दिने र राम्रो प्रस्तुति दिने मान्छे सधैं कलाकार भइरहन सक्छ ।आज आएर भोलि हराउने कलाकार के काम ।
नंया कलाकारलाई उनको सुझाव छ -यो क्षेत्रमा लामो समय टिक्ने हिम्मत हुनपर्छ ।केही गरेर केही बन्छु भन्ने आत्मबिश्वास हुनुपर्छ ।

LEAVE A REPLY