रुचाइदै परिको अभिनय

0
447

नेपाली कला जगतमा प्रतीक्षा क्षेत्री ( परि )नयाँ कलाकार हुन । रामेछापमा जन्मेकी परि नेपाली कला क्षेत्रमा स्थापित हुने रहर बोकेर सङघर्सरत छिन ।सामाजिक टेलि शृङ्खला छोरी मार्फत दर्शकको मन जित्न सफल परि निर्ज्जला टेलि सिरियलमा पनि अभिनय गरिरहेकि छिन । यसको अलवा केहि सर्ट मुभी र म्युजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । जहाँ अभिनय गरेपनी उनी आफ्नु काममा ध्यान दिन्छिन , इमानदारीता प्रदर्शन गर्छिन ।सामाजिक रूपमा समेत उनी सालिन र ब्यबहारिक छिन । घमण्ड नगर्ने र सबैलाई सम्मान गर्ने उनको बानी छ ।
भन्छिन – नेपाली फिल्म उद्योगमा एउटा स्थापित कलाकार हुने मेरो रहर हो। राम्रो काम गरेर दर्शकको मनमा बसेर सबैको प्यारी कलाकार हुनुपर्छ भनेर सङघर्सरत छु । मलाई यो क्षेत्रमा ल्याउने सबैजनाप्रती हार्दिक नमस्ते गर्छु ,सम्मान गर्छु । सिक्दैछु प्रबुद्ध दर्शकहरूबाट अमुल्य सुझावको अपेक्षा गर्छु । तपाईंहरुको सुझाव नै मेरो लागी मार्गदर्शक हुनेछ । मलाई राम्रो हुनको लागि तपाईंहरु साथ र सहयोग चाहिनेछ ।

LEAVE A REPLY