नेपाली जनप्रगतिशील मोर्चा, कतारद्वारा विद्रोही नेता बास्तोलालाई रिहा गर्न माग( विज्ञप्ती)

0
60

मिति: १४/०१/२०२१
( प्रेस बिज्ञप्ति )
हामी यो कथित असफल भैसकेको दलाल संसदीय ब्यवस्थाको पुर्ण रुपमा अन्त्य गरि उत्पिडित र श्रमिक जनताको प्रत्यक्ष पहुँच भएको बैज्ञानिक समाजबाद स्थापना गर्न चाहान्छौं । यो ब्यबस्था प्राप्तिका लागि आम नेपाली जनताको पक्षमा जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार हुने कुरा स्पष्ट गर्न चाहान्छौं ।
नेपाली जनतालाई यो असफल भइसकेको दलाल संसदीय ब्यबस्थाको विभेदकारि नितिबाट सदाका लागि मुक्त गर्ने र राज्य सत्ता जनताको हातमा पुर्याोउने हाम्रो महान तथा जनताको लोक प्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय प्रवास ब्यूरो संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले सबैमा स्पष्ट पार्दै आएको छ ।
यसै क्रममा हाम्रो गौरवशाली पार्टी नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख कमरेड धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लगायत क. विवेक कुमाल, क. विस्वासलाई आज कथित खड्क ओलि बादल समुहको ठाडो निर्देशनमा ललितपुर र मकवानपुर सिमा क्षेत्रबाट बिनाकारण नेता कार्यकर्तालाई गिरफ्तार गरि झुट्टा मुद्दा लगाउने प्रपञ्च रचिरहेको प्रति हाम्रो प्रवास ब्यूरो संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले लाचार महादलाल सरकार को गृहप्रशासनको निन्दनीय कार्य भएको ठहर गर्दै घोर आपत्ती प्रकट गरेको छ ।

साथै क.धर्मेन्द्र बास्तोला ‘कंचन’ लगायत गैरन्यायिक गिरफ्तार गरिएका सम्पुर्ण नेता कार्यकर्तालाई निशर्त रिहाइ गर्न हाम्रो गौरवशालि संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले जोडदार माग गर्दछ । हामिले बेलाबेलामा भन्दै आएका छौं, कि कथित के पि सरकारले देशलाई जबर्जस्त युद्धमा धकेल्ने र तानाशाही शासन लाई बचाइ राख्ने कुचेस्टा गरिरहेको प्रति सम्पुर्ण आदरणीय बुद्धिजीवी, मानवअधिकारबादि, पत्रकार र आम नेपाली जनतालाई सचेत भइ आवाज उठाउन अपिल गर्छौ ।

क्रान्तिकारी अभिवादन सहित

अध्यक्ष महासचिव
साजन गुरुङ बिबेक मल्ल
नेपाली जनप्रगतीशिल मोर्चा कतार

LEAVE A REPLY