लक्ष्मीको कला जगतमा संघर्ष

0
76

मकवानपुर भिमफेदीमा जन्मेकी लक्ष्मी लामा नेपाली कला क्षेत्रमा चर्चित कलाकार हुन । जनचेतनामुलक टेलिसिरियल लौ खत्तम , घाइते मुटुमा आदि सिरियलमा अभिनय गरिरहेकि लक्ष्मीले आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकीछिन ।
कथा तपाईंको दृष्टि हाम्रो मार्फत कला जगतमा प्रवेश गरेकी लामाले यो क्षेत्रमा गरेको सङघर्स चानचुने छैन । सुन्दा मान्छेलाई कथा जस्तो लागेपनि लक्ष्मीको सङघर्स नयाँ कलाकारका लागि प्रेरणा हुन सक्छ । नयाँ कलाकारले लक्ष्मीको सङघर्स र कला क्षेत्रमा दिएको योगदानबाट धेरै कुरा सिक्न सक्छन ।सङघर्स ,सफलता र चर्चा जस्ता कुरामा लक्ष्मी उदाहरण हुन सक्छिन।
मकवानपुरको ग्रामीण गाउँमा काठमाडौं शहर आएर उनले गरेको दु:खकै कारण आज उनलाई सवैले कलाकार लक्ष्मी लामा भनेर चिनेका छ्न , उनको अभिनयले दर्शकको मन जितेको छ । इज्जत सम्मान र मान पाएकी छिन ।धेरै मान्छेमा उनको परिचय फिजिएको छ ।
एक दुइटा भिडियो खेलेपछी प्रायः कलाकारमा घमण्डको बिकास हुन्छ ।उनीहरू ठान्छ्न राष्ट्रिय कलाकार नै भैयो । तर लक्ष्मी लामाले कहिले पनि घमण्ड गरिनन । आफ्नु काममा ध्यान दिइन ।सधैं राम्रो अभिनय गर्न खोजिन ।निर्देशकहरुको मन जितिन ,दर्शकको अपेक्षा पुरा गरिन । दर्शकको मनमा बसिन । आज लक्ष्मी लामा राष्ट्रिय कलाकार हुन सफल भएकी छिन ।
लक्ष्मी भन्छिन -कलाकार भनेका देशका गहना हुन ।कलाकार भएपछि घमण्ड फिटिक्कै हुनु हुँदैन । राम्रो क्षमता र उत्कृष्ट प्रस्तुती हुनुपर्छ ।कामप्रती इमानदारीता मुख्य कुरा हो ।कामलाई सधैं ध्यान दिने र राम्रो प्रस्तुति दिने मान्छे सधैं कलाकार भइरहन सक्छ ।आज आएर भोलि हराउने कलाकार के काम ।
नंया कलाकारलाई उनको सुझाव छ -यो क्षेत्रमा लामो समय टिक्ने हिम्मत हुनपर्छ ।केही गरेर केही बन्छु भन्ने आत्मबिश्वास हुनुपर्छ ।

LEAVE A REPLY