कोरोना सङकट पछि हाम्रो जिम्मेवारी : सुर्य बज्रयाना

0
166

कोरोना कहरका बिच बिश्व ब्यबस्थामा आएको परिवर्तन हाम्रो लागी सोचनिय बिषय बनेको छ । कोरोना हाम्रो लागि अबसर चुनौती दुबै बन्यो ।कोरोनाका कारण मानवीय क्षति जति भयो ,आर्थिक सामाजिक राजनीतिक रूपमा त्यसको गम्भीर असर देखापरेको छ ।बिशेषत : आर्थिक क्षेत्रमा कोरोनाले बाघे झाप्पु हानेको छ । अर्थतन्त्रका जानकारहरु अनुसार कोरोनाले मध्य बर्गको आर्थिक सामाजिक स्थितिमा यो युगमै गम्भीर असर गरिसकेको छ । मध्यम बर्गले अब धेरै नै चुनौती सामना गर्नुपर्ने छ ।बजार अर्थतन्त्रको ढाचा फेरिनेछ , नयाँ खालको बजार रणनीति बन्नेछ ।
मजदुर बर्गले रोजगारको नयाँ माध्यमको खोजी गर्नुपर्ने हुन्छ ।किनकि उत्पादन नभएपछि चलिरहेका उद्योग बन्द हुन्छन् मजदुरको रोजीरोटी खोसिन्छ । उद्योगपति पनि रोडपती हुन समय लाग्दैन ।उद्योगले नथेगेपछि अर्थतन्त्रलाई पखाला लाग्छ ।कोरोनाको कारण आर्थिक क्षेत्रमा देखिने असर सामाजिक र राजनीतिक रूपमा समेत सापेक्ष भइदिन्छ ।यहि कारण कोरोनाले निम्त्याएको सङकट यो युगको ठुलो सङकट बनेको छ ।
जीवनपद्धति भनेको मनोबिज्ञान पनि हो । जानकारहरुका अनुसार कोरोनाले मानसिक स्वास्थमाथी गम्भीरतम असर देखापार्नेछ । मानिसले सोच्ने तरिका फेरिनेछ ।मास फस्टेसन बढ्नेछ । युवाहरुमा निराशा आउनेछ । आम पब्लिकले सामुहिक निराशालाई अङ्गाल्नेछ ।
यसैले कोरोनापछीको बिश्व ब्यबस्थाका बारे हामीले बहस विश्लेषण गर्न जरुरी छ । यसको सामना कसरी गर्ने भन्ने कुरा आजको दिनको बहसयोग्य बिषय हो ।कोरोना त एउटा भाइरस थियोे ।यो भाइरसमा राजनीति पनि भएको थियोे । तर आज हामी फरक मोड आएका छौ । भाइरसको गति न्युन हुँदै गएको छ ।मानिसहरू सामान्य जीवनतिर फर्किने प्रयास गरिरहेका छन । सामान्य जीवनको निम्ति आउने असजिलाहरु पन्छाउदै अगाडि बढनु अबको आबस्यता हो ।

LEAVE A REPLY