हैराने कला क्षेत्रमा तहल्का मचाउदै

0
173

बिगत डेढ दसकदेखी कलाकारिता सक्रिय छ्न दुर्गा खवास । चर्चित निर्देशक एन्टिना घनश्यामको टेलिसिरियल तातो न छारोबाट कलाकारितामा पाइला हालेका दुर्गा टेलिसिरियल लेखन ; निर्देशन ,एक्टिङमा सक्रिय छ्न । हाल उनको निर्माण निर्देशन लेखन तथा अभिनय रहेको हास्य टेलिसिरियल र्याङको ठयाङ निकै रुचाइएको छ । प्रत्येक शनिबार अरनिको टेलिभिजनबाट प्रसारण भइरहेको यश टेलि शृङ्खला अरनिको टेलिभिजनको युवटुब च्यानलबाट समेत हेर्न सकिन्छ ।
बिगतमा दर्जनौ म्युजिक भिडियोको निर्देशन गरेका दुर्गाले छोरी पारिवारिक टेलिसिरियल , सभ्य समाज ,घुयत्रो लगायत सिरियल , लघु चलचित्र र म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छ्न ।
उनी कलाकार हुनुमा उनको रहर र शोकको भुमिका प्रमुख छ । परिवारले यो क्षेत्रमा सहयोग नगरे उनी आफै यो क्षेत्रमा स्थापित भएका हुन । कलाकारको रूपमा उनी देश बिदेश समेत घुमेका छ्न । धेरै दर्शक श्रोताको माया पाएका हुन । आउने दिनहरुमा पनि उनले दर्शक श्रोताको माया पाउने अपेक्षा राखेका छ्न ।उनी आफ्नु टिममा रहेका साथीहरूलाई मिस गरिरहेका हुन्छन ।
सिन्धुलीमा जन्मेका उनको कर्मथलो काठमाडौं हो ।काठमाडौंमा जमेका दुर्गालाई यहि क्षेत्रमा टिक्नुछ ।भन्छन् कलाकारिता बिना मेरो जीवन अपुरो छ ; अधुरो छ । म एउटा सक्षम कलाकार बनेर म जन्मेको भुमी र राष्ट्रलाई चिनाउन चाहन्छु ।

LEAVE A REPLY