मुनाको रहर : सफल कलाकार हुने

0
475

सुन्दर छ दाङ उपत्यका । दाङका हरिया फाटमा साइकल मात्र गुडदैन । मनको इच्छा र चाहना फुल्छ बतास झै बिस्तारै बिस्तारै अगाडि बढ्छ ।पश्चिम नेपाल यहि शहरको कुनै छेउमा जन्मेकी हुन मुना बिक । उनी नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गर्दै गरेकी प्रतिभा हुन ।सडक नाटकहरुमा उनले गरेको अभिनयले दाङमा धेरैको मन जितेको थियोे ।स्कुलमा पनि उनको प्रतिभा मन पराउने धेरै थिए । मुनाको रहर भनेको नेपाली सिनेमाको एक्टर बन्ने , समाजसेवा गर्ने र आमाबुबाको सपना साकार पार्ने हो ।उनको यो सपना पुरा गर्ने ठुलो रहर छ ।ठुलो धोको छ ।
हाल उनी कक्षा १२ मा अध्ययनरतछिन ।अरु भन्दा उनलाई नाटक फिल्म र गीतमा अभिनय गर्ने सपनाले सधैं हैरान बनाउछ ।कहिले कलाकार बन्ने होला भनेर सधैं मनमा खेल्छ ।
मिठो बोल्ने सबैलाई सम्मान गर्ने आफ्नु काममा इमानदारीता देखाउने तरिकाले मुनालाइ फरक बनाएको छ , ब्यबहारिक बनाएको छ ।सक्षम बनाएको छ र सजग बनाएको छ । मुनासग भएको सम्पती उनको कला हो ।जो किनेर पाइदैन ।
सामान्य परिवारमा जन्मेपनी उनलाई पछुतो छैन । गुनासो पनि छैन । उनको धारणा छ सबभन्दा पहिले हामी मानव हौ ।मानताको रक्षा गर्नु हाम्रो कर्तव्य हो । हामी सबैको मर्म बुझ्न पर्छ ।
मुनालाइ अरुलाइ सहयोग गर्न दु:खमा रहेकाको मर्म बुझ्न जिन्दगीलाई सहज ढंगले जिउनमा पनि रुचि छ ।उनी कसैको दु:ख हेर्न सक्दिनन ।
हाल उनलाई डकुमेन्ट्री फिल्ममा अफर आएको छ ।उनी उक्त डकुमेन्ट्रीमा मुल क्यारेटर गर्दैछिन ।नयाँ डकुमेन्ट्री खेल्न पाउँदा उनी धेरै खुसी छिन।
भन्छिन मेरो सपना मेरो रहर मेरो शोक मैले जीवनमा मैले लिएको लक्ष्य हो । आफ्नु लक्ष्यलाई पुरा गर्ने धोको छ । एकदिन म पनि कला क्षेत्रमा जम्ने बिश्वास लिएको छु ।उद्देश्य लिएपछि अबस्य पुरा हुन्छ।

LEAVE A REPLY