आफू र बजार सञ्चालकले लिने शुल्कमा बोर्डले ६० प्रतिशतसम्म घटायो कमिशन

0
125

आफूले र बजार सञ्चालकले लिने शुल्कमा कुनै हेरफेर नगरी नेपाल धितोपत्र बोर्डले एकलौटी रुपमा दोस्रो बजारमा शेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन कटौती गरेको छ।

बाेर्डले आइतबार देखि लागु हुनेगरी ६० प्रतिशतसम्म ब्रोकर कमिसन घटाएको छ। बोर्डले पछिल्लो समय धितोपत्रबजारमा अनलाईन कारोबारमा ८५ प्रतिशतले बढेको भन्दै ब्रोकर कमिशन घटाएको बोर्डले जारि गरेको बिज्ञप्तिमा उल्लेख छ।

ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी घटाएको हो ।

लगानीकर्ताहरूले भने नियामकले लिने शुल्क समेत घटाउनु पर्ने माग गरेका थिए। सबै काम अनलाइनबाट लगानीकर्ता आँफैले गर्ने हुँदा नियामकले लिने शुल्क कटौती गर्नु पर्ने माग गरेका थिए। तर बोर्डले आफूलाई र बजार सञ्चालक बेफाइदा नहुने गरी लगानीकर्ताको मागको बेवास्ता गर्दै चलाखी पूर्वक ब्रोकर कमिसन घटाएको हो।

LEAVE A REPLY