आखिर जंगे ले बन्दूक कता पड्काउला – सुरेशकुमार पान्डे

0
204

कथा!

बर्षा भोली बिहानै म लाई डिप्टिमा पुग्नु पर्ने भयो,मेरो कपडा लत्ता तैयार पारे है!जंगे ले आफ्नो श्रिमती लाई अराउँदै भन्छ।हजूर के भन्नु भयको?हिँजो त एकमैनाको छुट्टिछ भन्नु भयको थियो मुश्किलले आज दश दिन भयकोछ।अनि के हातार भयो त?बर्षाले आश्चार्य हुँदै सोध्छिन।
छिमेकी हरुको बिच लडाई चल्न थालेकोछ अरे मलाई सपेसल ड्युटीमा हाजिर हुँन मेजर साहेबको हुकुम आयो।भन्दै बर्षा तिर पिर्लुक्कै हेर्छ।
जंगे भारतिय सैनको एउटा लडाकु सैनिक मध्यको एकजना हो।उनि पन्द्र बर्ष देखि फौजमा कार्यारत छन।अब रिटायर्डमैट पनि नजिकै थियो उन्लाई जाँहा आबस्याक पर्छ त्यँहि खटाईन्छ।बौडरहरुमा उनको टोलि सदै लडाई गर्न पुग्छन।जंगे एकदम फुर्तिलो र बफादार फौजी हो अहिले दश दिन पहिले घरमा एकमैनाको बिदा लिएर आएको थियो।दुईटा बच्चाको बाउ भयपनि भर्खरको केटा जस्तै तन्नेरी देखिन्छ।बर्षा बरु उस्को निजिकै बसी भनि अलि जेठि होकि भनेर मान्छे हरुले कानाखुसी गर्न थाल्छन।हालाकी बर्षा भन्दा चार बर्षले जेठो जँगे अँझै भर्खरकै देखिन्छ।फुर्तिलो सरिर बलियो ज्युडालको जंगे लाई छिमेकमा फौजको नोकरीमा पनि सहरानिय कामको लागि प्रशन्सा गरिन्छ।
भाईर बसेका एक जना प्रममित्र शुभ चिन्तक हरी प्रसादलाई यहि बेला एउटा प्रश्न गर्ने मनलाग्छ।उनि आज भेट हुँने भनेरै आएका थिए भाईर दलानमा बसेर चिया को चुस्कि लिँदै उनिहरुको कुरा सुनि रहेका हरिप्रसादले जंगे तिमि धेरै बहादु र अनि बफादार छौ काममा ईमान दारी सँग जिम्मा पुरा गर्छौ होईन?हो कुनै शक?जंगेले सफाई दिदैँ प्रति प्रश्न गर्छ।छैन तर एउटा बिचार मेरो मनभित्र छ त्यो बिचार भने यदि भारत र नेपालको झडप भयोभने तिमिलाई नेपालको फौज सँग लड्न पर्दा कस्तो होला?हरिप्रसादले जंगे तिर हेर्छन।उन्को यो सटिक प्रश्नले जंग बहादुरको मनभित्र कता कति चिथुरेको जस्तै भयो।अलि बेर बाताबर्ण शुन्य हुँन्छ।भन्नुशन बुबा?भाईर बसेर यतिबेर कुरा सुनिरहेकी सानि छोरीले आफ्नो बाबुको काखमा आएर थचक्कै बस्दै भन्छे।जंगेले छोरीलाई प्राण भन्दापनि बढि मायाँ गर्थ्यो।अहिले छोरीको टाउको समसमाउँदै यो सानो नानिले सुन्ने कुरै होईन!भन्छ।तर यो छोरीको मात्र प्रश्न थिएन नाहि यो हरि पप्रसादको मात्र प्रश्न थियो।यो एउटा तिन करोड नेपाली र मात्रृत्व भूमिकै प्रश्न थियो।जंगे अक्क-मक्क पर्छ यतिबेला ता हरिप्रसादलाई केहि भन्नै पय्रो भन्दै मनमनै भन्छ।मलाई यो जटिल प्रश्न गरेर भबिष्यमा आई पर्ने समस्या बाट सजग बनाउँनु भयका मेरा प्रममित्र हरिप्रसाद ज्यु लाई सर्ब प्रथम धन्यावाद दिन चाहान्छु र यो बिषयमा भन्नु भन्दा पहिले मेरो जनम भूमी नेपाल आमा हुँन र मेरो क्रम थलो भारत हो जस्को लागि मैले आफ्नो परिश्रम बेच्छु।तर मात्रभूमी लाई कसैले कुनियतले हेर्छ भने मैले के गर्नु पर्छ त्यो पनि परममित्र सँग सटिक उत्तर पाउँ बिन्रम अनुरोध गर्छ।मैले भन्नु पर्दा आफुलाई जन्माउँने भन्दा नजिकको आफ्नो अरु कोहि हुँदैन त्यो हो मात्रृभूमी।हरिप्रसादले जंगे तिर हेर्दै खिसिक्क मुस्कुराउँछन।आज हजूरले मलाई अहिले सम्मकै कसैले नदिएको शिक्षा दिनुभयो वास्तबमा मलाई आफ्नो देशको हितमा छिट्टै कुनैन कुनै पाईलो चाल्नुछ र चाल्नेपनि छौँ,कोई सक भन्दै हरिप्रसाद लाई सटिक उत्तर दिन्छ र आफ्नो काखमा बसेकी छोरी गालामा चुप्प पार्छ।बर्षाले जंगेको कुरा सुनेर सन्तुष्ट हुँन्छिन।केहि दिन पहिले छिमेकी मुलुक सँग कालापानीको बिषयलाई लिएर गाउँका धेरै मान्छे ले अब जंगे संग आर्को भाई लड्ने पक्का पक्कि भयो भन्दै उखान हाल्थे।किन की जंगेको साख्खै भाई नेपालको आर्मिमा छ।दुई देशको लडाई भयो भने एउटा भाईले आर्को भाई सँग लड्नु र मर्नु पर्ने हुँन्छ।
आजको जंगेको कुराले बर्सालाई मात्र होईन भाईर बसेका बुढा बुडी आमा बालाई पनि शन्तुष्ट भयको छ।तर जंगेको मष्तिकमा यो कुराले गम्भिर घर गरेको थियो,उस्लाई छिट्टै कुनैन कुनै निकाश खोज्नु थियो हरिप्रसादको कुराले जंगेलाई भित्रभित्रै घचघचाउँदै थियो।२०-०६-२०२०,

LEAVE A REPLY