सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई स्वीकार्य नहुने : नेकपा अध्यक्ष प्रचण्ड

0
345

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई स्वीकार्य नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भिडियो कार्यशालामा अमेरिकाको नाम नलिई पार्टी नीतिबारे यस्तो बोलेका हुन् ।

प्रचण्डले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने नीतिबारे भने, ‘संविधानको मर्मबाहिर हुने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै स्वीकार्य छैन । नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं ।

उनले सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् ।

प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याए । प्रचण्डले भूकम्पमा जस्तै चीनले कोभिड–१९ को महामारीमा नेपाललाई सहयोग गरेकोमा प्रशंसा गरे । नेपाल र चीन सुख र दुःखका मित्र भएको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले कुनै पनि देशले कोरोना भाइरसबारे राजनीति गर्न नहुने बताए । दाहालले कोभिड– १९ को महामारी सकिएलगत्तै आफू चीन भ्रमणमा जाने पनि बताएका छन् ।

LEAVE A REPLY