पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा गुटको राजनीति गरेको भन्दै झडप

0
206

चितवन , सत्तारुढ दल नेकपा काे आन्तरिक बिवादले उग्र रुप लिएको हाे । चितवनकाे राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा गुटको राजनीति गरेको भन्दै झडप भएको हाे ।प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताले हल्ला र नाराबाजी गरि मन्चमा बाेलिरहेका पुर्व मन्त्री माथि आक्रमण र दुर्व्यवहर गरेका हुन्।कार्यक्रममा खटिएको प्रहरीलाई हल्ला नियन्त्रण गर्न लाठि चार्जसम्म गर्नु परेको थियाे। साे भिडबाट मन्त्री पाण्डेलाई बाहिर ल्याउन निकै कठिन परेकाे भयाे ।नेकपा राप्ती नगरकमिटीले गरेको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला नाराबाजी ले स्थिति तनावपुर्ण भयाे ।
राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोले भने, ‘सुरेन्द्र पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउनासाथ होहल्ला भएकाे जनाए। कार्यक्रम सञ्चालन गर्न सकिएन र स्थगित गर्नुपर्ने बाध्यता पर्‍यो।’ उनले नगर कमिटीको तत्काल बैठक बसी घटनाको भत्सर्ना गर्ने निर्णय गरेको बताउनुभयाे।त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल निर्वाचन कमिटीका सदस्य केदार आचार्यले प्रधानमन्त्रीका विरुद्ध निरन्तर बोल्न थालेपछि होहल्ला गरेर बोल्न नदिएको बताउनुभयाे ।उहांले ‘मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गरेको आरोप लगाउँदै विरोध गर्न थालेपछि ४५ जना युवाहरुले उनलाई बोल्न नदिएको हो। हामीले बोल्न नदिएपछि प्रहरीले सुरक्षा दिएर लगेकाे बताए।

LEAVE A REPLY