भारतमा नेपाली मजदुरको हृदयघातका कारण मृत्यु

0
184

प्रेम सिर्पाली,  गोवा  भारतको पर्यटकिय राज्य गोवामा एक नेपाली मजदुरको हृदयघातका कारण यहि सन् 29 अक्टुबर 2020 का दिन मृत्यु भएको छ ! छत्रश्वरी गाउपालिका वडा नं 1 कल्चे निबासी भद्रबीर के सी का 43 बर्षिय छोरा डिल्ली के सी को कान्सोलिम स्थित आफ्नो कोठामै मृत्यु भएको हो ! मृतक के सी का श्रीमती र दुई छोरा छोरी छन् भने के सी होटेलमा कालिगडको रुपमा लामो समय देखी कार्यरत रहेको भए पनि कोबिड 19 का कारण होटेल बन्द भएकोले उनि बेरोजगार रहेको र होटेल खुले लगत्तै काममा जाने तयारी रहेको कुरा दाहसंस्कार स्थल पुगेका नेपाली मजदुर एकता समाज गोवाका सचिबालय सदस्य रमेश खडकाले जानकारी दिनु भएको छ ! साथै पिडित परिवार अहिले दयानिय अबस्थामा रहेकोले यो जरजरपुर्ण परिस्थिमा पिडित परिवारलाई सक्दो सहयोगको आबश्यकता रहेको खडकाले बताउनु भयो प्रबासको ठाउमा समस्या सबैलाई भैपरी आउने सक्ने भएकोले यस्तो परिस्थिमा सबैले हातेमालो गर्दे अगडी बढ्न जरुरी छ ! एक मात्र कमाउने अभिभाबक गुमेको परिवारका ति 8 बर्षिय छोरी इकिता के सी र 5 बर्षिय छोरा रोहन के सी को तत्काल उद्दार र ब्यबस्थापनमा सम्बन्धित सबैमा सहयोग गर्न सामाजिक अभियन्ता नेपाली मजदुर समाजका केन्द्रीय सदस्य तथा गोवा का अध्यछे गणेश चन्दले सबैमा आग्रह गर्नु भएको छ !

LEAVE A REPLY