नेपाली जनप्रगतिशील मोर्चा कतारद्वारा बिजय दशमि, शुभ दिपावलि तथा छठपर्वको अबसरमा शुभकामना आदानप्रदान तथा भेट-घाट सम्पन्न

0
470

बेद बोहरा , दोहा कतार ।
नेपाली जनप्रगतिशील मोर्चा कतारले अक्टोबर ३० शुक्रबार का दिन दोहा कतार स्थित नज्मा गोर्खा रेस्टुरेन्टमा दशै बिजय दशमिको उपलक्ष्यमा र अाउदै गरेको शुभ दिपावलि तथा छठपर्वको अबसरमा भेट-घाट तथा शुभकामना आदानप्रदान चियापान तथा प्रशिक्षण कार्यक्रम गर्दै दशैं बिजय दशमिको उपलक्ष्यमा र अाउदै गरेको , शुभ दिपावलि तथा छठपर्ब भब्य रुपले मनाएको छ ।

मोर्चाका महासचिव बिवेक मल्ल द्धारा संचालित कार्यक्रमलाई मोर्चा अध्यक्ष साजन गुरुङ (छबि गुरुङ) को सभापतित्वमा गर्नु भएको थियोे भने बिशेष अतिथिमा मोर्चा प्रबक्ता राजेन्द्र लिम्बू रहनु भएको थियो। महिला बिभाग प्रमुख मोर्चा उपाध्यक्ष गोमा थापा र मोर्चा सचिव ज्ञानेन्द्रराज भारति ,मोर्चा कोषाध्यक्ष मनमोहन सिंह,सुजक अर्याल अतिथि मन्तब्यको रुपमा मंचमा अासिन थिए ।अतिथि कमरेड र कार्यक्रम हलमा उपस्तिथि सम्पुर्ण प्रतीनिधि तथा शुभचिन्तक पाहुनाहरुलाइ नेपाली जनप्रगतिशिल मोर्चा कतारका सदस्य कमरेड देब बिस्टले स्वागत मन्तब्य द्धारा स्वागत सहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका बिशेष अतिथी राजेन्द्र लिम्बुले परदेशी भुमिमा रहेता पनि आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्न सकिन्छ तर त्यसको लागी बिकृती र बिसंगतीबाट टाढा रहनु पर्ने र कसैलाई अप्ठ्यारो पार्न नहुने बताउदै देश बिदेशमा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई दशैंको शुभकामना दिएका थिए ।
अतिथि महिला बिभाग प्रमुख तथा मोर्चा उपाध्यक्ष गोमा थापाले परदेशी भुमिमा रहेर पनि यसरी दशै मनाउन पाउनु निकै खुशिको कुरा हो भन्दै सबैलाई दशैको शुभकामना दिनु भएको थियो।

त्यस्तै अतिथी मनमोहन सिंह ,सुजक अर्याल ज्ञानेन्द्रराज भारति ले परदेशमा पनि यसरी नेपाली कला संस्कृतिको झल्कने कार्यक्रम मनाउन पाएकोमा निकै खुसि ब्यक्त गर्दै सबैलार्ई दशै र आउदै गरेको दिपावलीको शुभकामना सहित आफ्ना भनाईहरु राखेका थिए ।

दशैको शुभकामना आदनप्रदान चियापान तथा प्रशिक्षण कार्यक्रममा दोहा कतारका बिभिन्न ठाउबाट शुभचिन्तक पाहुनाहरु उपस्थिती रहेको थियो भने खानामा नेपाली स्वादिष्ट परिकारहरुका साथमा कोदो को ढेडो, खसिको मासु, भुटान, चिउरा, पुलाउ अचार, पनिर लगायत नेपाली पन झल्काउने खाना रहेको थियो ।

कार्यक्रमको अन्तमा सभापति साजन गुरुङले अाफ्नो सार्थक मन्तब्य सहित कार्यक्रम सफल बनाउन निरन्तर खटिएका साथीहरुलाई धन्यवाद दिदै, निमन्त्रणालाई स्विकार गर्दै टाढा टाढा देखि उपस्थित भएका सबैलाई हार्दिक बधाई तथा उच्च समान सहित दशैको शुभकामना दिदै कार्यक्रम समापन गरेको घोषणा गर्नु भएको थियो ।

LEAVE A REPLY